शुक्रबार, चैत्र १६, २०८०

पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने एमाओवादी स्थायी समितिको निर्णय

काठमाडौ श्रावण २८, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पार्टीको स्थायी समितिको बैठकले संस्थापन prachanda-new-house-2पक्षले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ । त्यस्तै स्थायी समितिको बैठकले बरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षसँग पार्टी एकताका विषयमा थप छलफल गर्ने र सो पक्षले राखेका मागहरूमा नरमरूपमा प्रस्तुत हुनेसमेत बैठकले निर्णय गरेको पार्टीकोषाध्यक्ष गजुरेलले जानकारी दिनु भएको छ।