शुक्रबार, चैत्र १६, २०८०

पहिरोले भक्तपुर स्थित डोलेश्वर आशापुरी सडकखण्ड अवरुद्ध

भक्तपुर श्रावण ३१,  केहिदिन यतादेखिको अविरल वर्षा र पहिरोका भक्तपुर स्थित डोलेश्वर महादेव जाने सडकको अवरुद्ध भएको छ । आज बिहान सिपाडोल–५ स्थित भञ्ज्याङलगायत तीन ठाउँमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।  तीनमध्ये भञ्ज्याङमा सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोका कारण डोलेश्वर हुँदै आशापुरी जाने यात्रुलाई असुविधा भएको मात्र भएको छैन त्यता तर्फ गएका सवै सवारी साधन भञ्ज्याङमै राकिएको बुझिएको छ । अहिले उक्त क्षेत्रमा पैदल यात्रुमात्र जान सक्ने स्थिती रहेको बुझिएको छ