मङ्लबार, चैत्र ६, २०८०

पहिरोमा परी बेपत्ता भएका १२३ जना मृतक घोषित

  कठमाडौं श्रावण २१, शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी बेपत्ता १२३ जनालाई सरकारले मृतक घोषणा गरेको छ । खोजी कार्य Landslideगर्न सम्भव नभएको र बेपत्ताका परिवारले कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिसकेकाले जिल्ला दैवी प्रकोप उद्धार समितिले बेपत्ता सबैलाई मृतक घोषणा गरेको प्राप्त मसाचारमा उल्लेख गरिएको छ । त्यस्तै बेपत्ता १५६ जनामध्ये मङ्गलबारसम्म ३३ शव फेला पारेको थियो ।

यसै वीच जिल्ला दैवी प्रकोप उद्धार समितिले मङगलवार देखिनै राहत वितरण सुरु गरेको जनाएको छ । वितरित राहत अन्र्तगत प्रत्येक मृतकका परिवारलाइ प्रतिव्यक्ति रु ४० हजारका दरले ४३ मृतकका परिवार र क्षतिग्रस्त प्रतिघरको पाँच हजारका दरले ३६ घर परिवारलाई खाद्यान्नलगायत उद्धार सामग्री वितरण भइसकेको समितिलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।