बिहिबार, चैत्र १५, २०८०

नेपाल र भारतबीच तीन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं श्रावण १९, नेपाल र भारतबीच कण्ठरोग नियन्त्रण कार्यक्रमको निरन्तरता, ऊर्जा र सञ्चारसम्बन्धी तीन विषयसम्बन्धी समझदारीपत्रमा आइतवार हस्ताक्षर भएको छ ।  प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती Nepal-India-flageसमझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

प्रस्तुत सम्झौतामा कण्ठरोग नियन्त्रण कार्यक्रमको निरन्तरतासम्बन्धी समझदारीपत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले हस्ताक्षर गर्नु भएको छ भने ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र राजूदत रे तथा नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागार्इँ र दूरदर्शनका महानिर्देशक विजयाललक्ष्मी चोपडाले हस्ताक्षर गर्नुभएको छ ।

त्यस अवसरका दुइ देशवीचको सम्बन्धलाई अझ मजबुत तुल्याउँदै भारतीय सहयोगमा सञ्चालित विकास निर्माणका आयोजनालाई समयमै सम्पन्न गर्ने सहमति सहितको प्रतिवद्धता व्यक्त भएको  बुझिएको छ