शुक्रबार, चैत्र १६, २०८०

नुवाकोटको बेलकोटमा बस दुर्घटना, पन्ध्रजना घाइते

त्रिशूली श्रावण २७, काठमाडौ बाट रसुवाका लागि छुटेको बा२ख ६३७८ नम्बरको यात्रुबाहक बस आज बिहान नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा १५ nuwakoteजना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको जिल्ला अस्पताललगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सडकबाट चार मिटर तल खसेर भएको दुर्घटनाको कारण भने खुलेको छैन ।