शुक्रबार, बैशाख १४, २०८१

निलम्बन फिर्ता नभए संस्थापन पक्षसँग कडा सघर्ष गर्ने भट्टराई पक्षको तयारी

विवाद समाधान का लागि पार्टी नेता भट्टराइसँग छलफल गर्छु : प्रचन्द्र

काठमाडौँ श्रावण २१, एमाओवादीको संस्थापन पक्षले आफ्नो समूहका दुई नेतालाई गरेको कारबाही फिर्ता नलिए पार्टीको आगामी केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय डा. बाबुराम भट्टराई पक्षले गरेको छ ।

baburam-bhattaraiभट्टराई निवास सानेपामा आज बसेको बैठकले आफ्नो पक्षका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई गरिएको निलम्बन फिर्ता नभए संस्थापन पक्षसँग थप कडा सघर्ष गर्नेे निर्णय गरेको हो । एमाओवादी गत सोमबारको बसेको स्थायी समितिको बैठकले धनुषामा पार्टीभित्र समानान्तर जिल्ला समिति गठन गरेको भन्दै श्रेष्ठलाई तीन महिना र यादवलाई एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि एमाओवादीभित्रको अन्तरिक विवाद छताछुल्ल भएको हो ।

यसैवीच एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रले आजै एमाओवादी सिरहा जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै पार्टीमा आन्तरिक विवाद हुनु स्वभाविक भएको भन्दै विवादकै कारण पार्टी नफुट्ने दाबी गर्नुभएको छ । त्यस्तै उहाँले विवाद समाधानका लागि पार्टी नेता भट्टराइसँग छलफल गर्ने बताउँनु भएको छ ।