शुक्रबार, बैशाख ७, २०८१

निर्वाचन गराउन सरकार तयार रहेको उपप्रम सिंहको जनाउ

स्थानीय निकायको निर्वाचनको सवालमा सभासद्हरु पक्ष र विपक्षमा विभाजित

काठमाडौ श्रावण २८, व्यवस्थापिका–संसद्को मङगलवारको बैठकमा राप्रपा नेपालका अध्यक्ष एवम् सभासद् कमल थापाले प्रस्तुत गर्नुभएको सार्वजनिक महत्वको प्रस्ताव लाइ लिएर सभासद्हरू दुइ पक्षमा विधाजित भएका छन ।  प्रस्तुत प्रस्तावको पक्षमा काँग्रेस, नेकपाएमाले लगायतका दल biccसम्बद्ध सभासद्हरूले निर्वाचनको पक्षमा आफ्नो मत जाहेर गर्नु भएको थियो भने एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक , सद्भावना पार्टी सम्बद्ध सभासद्हरूले भने सो प्रस्तावको विपक्षमा मत जाहेर गरेको बुझिएको छ ।

यसरी प्रस्तावको पक्षमा बोल्ने सभासद्हरुमा क्रमस राजेन्द्रप्रसाद पाण्डे एमाले, धनराज गुरुङ नेपाली काँगेसले निवाृचनको अपरिहार्यता प्रकट गर्दै अभिव्यक्ति दिनु भएको थियो भने एमाओवादीका जनार्दन शर्माले मुलुकको मुल एजेन्दालाइ अ‍ेझेलमा पार्न प्रस्तुत प्रस्ताव ल्याईएको बताउँनु भएको थियो ।

यसै वीच सार्वजनिक महत्वको उक्त प्रस्तावमाथि भएको छलफलमा सभासद्हरू गर्न भएका तर्क वितकका विच सरोकारवाला मन्त्रलयको तर्फबाट जवाफ दिँदै उपप्रधानमन्त्री एवम् स स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अन्तरिम संविधान २०६३ ले गरेको व्यवस्था अनुसार सरकार छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गराउन तत्पर रहेको बताउँदै  निर्वाचनका लागिनै सरकारले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को संशोधनको प्रक्रिया सुरु गरिसकेको बताउँनु भएको थियो । त्यस्तै स्थानीय स्वायत्त शासन ऐन, २०५५ले स्थानीय निकायलाई अविछिन्न संस्थाको रूपमा लिएको र व्यवस्था गरेको उल्लेख गर्दै उहाँले निर्वाचनको विषयमा विवाद नगर्न दलहरूलाई आग्रह सहित सराकार स्थानीय निकायको निर्वाचन गराउन तयार रहेको स्पष्ट जनाउँ दिनु भएका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031