शुक्रबार, चैत्र १६, २०८०

निर्धारित समयमा नै संविधानका लागि सहमतिमा समाहित हुनुपर्नेमा मन्त्री रिजालको जोड

काठमाडौ श्रावण २७, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को १५औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण mantri-finalaसमारोहलाई सम्बोधन गर्दैसूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले निर्धारित समयमै संविधान जारी गर्न सम्वद्ध सवै दल एवम सरोकार राख्ने सवै तह र तप्काले आ–आफ्ना हठ छाडेर सहमतिमा समाहित हुँनु पर्ने बताउँनु भएको छ ।

  त्यस्तै मन्त्री रिजालले त्यस अवसरमा आदिवासी जनजाति, महिला, दलित, मुसलमान, मधेसीलगायत उत्पीडनमा पारिएको समुदायको नेपाली सञ्चारमाध्यममा अत्यन्तै कम उपस्थिति रहेको सन्दर्भमा ती सञ्चारमाध्यमलाई समावेशी बनाउन सरकारले सक्दो प्रयास गर्ने वचनबद्धता प्रकट गदैं उहाँले आदिवासी जनजाति जनही रु ४० हजार पुरस्कार राशि रहेको राष्ट्रिय पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मकवानपुर संवाददाता प्रताप विष्टलाई सञ्चाकुमारी लामा (रेडियो मैत्री) र मिलन लिम्बू (एबिसी टेलिभिजन) लाई प्रदान गर्नुको अलावा गरिएको साप्ताहिक पत्रिका ‘डाजाङ’ र ‘लौब अग्रासन’ लाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार महासङ्घका महासचिव उजिर मगर र सदस्य मोहनसिंह लामा, लक्की चौधरी, राजु लामा, चीरञ्जीवी मास्के र निलिफा सुब्बालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यममा विषयवस्तु र समाचार कक्षमा समावेशीताको सवाल संविधान निर्माण तथा नीति निर्माणसँग जोडिए भन्दै उपेक्षित, उत्पीडित समुदायलाई सञ्चारको मूलधारमा ल्याउन महासङ्घले कार्यारम्भ गरिसकेको जानकारी दिनु भएको उक्त कार्यक्रममा आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमाल, पत्रकार महासङ्घका महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल,जनजाति महिला महासङ्घकी अध्यक्ष तथा पूर्व सभासद् शान्ति जिरेल लगायलले बोल्नु भएको थियो ।