शनिबार, बैशाख ८, २०८१

नक्कली प्रमाणपत्रधारी प्रपन्नाचार्यविरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र ५, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल संस्कृत विश्वविद्यालयको akhtiyar-ayoogउपप्राध्यापकमा सेवा सुरु गरेको भन्दै केशव प्रपन्नाचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सो विश्वविद्यालयअन्तर्गत हजारीजनक विद्यापीठ जनकपुरका तत्कालीन उपपा्रध्यापक प्रपन्नाचार्यले नियुक्ति प्रयोजनका लागि पेस गरेको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश क्षेत्रीय कार्यालय वाराणसी भारतबाट माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको  आयोगले जनाएको छ ।

अभियुक्त प्रपन्नाचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।