शुक्रबार, चैत्र १६, २०८०

दिन दु:खीको सहयोगार्थ फ्रेण्डशिप फोरमको मुठ्ठीदान अभियान

काठमाडौ भाद्र १, हाम्रो फ्रेण्डशिप फोरम नेपालले आज एक कार्यक्रमको आयोजना गरी सुनकोशी बाढीपहिरो पीडितहरुको सहयोगार्थ संस्थाले 10593115_921736591176307_7475357569664151071_nचलाएको राहत संकलन अभियानमा बिशेष सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र वितरण गरेको छ । प्रहरी उपरिक्षक रमेश खरेल,केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक पिताम्बर अधिकारी र शसस्त्र प्रहरी उपरिक्षक के बि ब्रम्हाचार्य लगायतका ब्यक्तिहरुको उपस्थितीमा आयोजित उक्त  कार्यक्रममा  नेपाल यातायात मिनिवस सेवा समिती,एभिन्युज टेलिभिजन ,दया खड्का र माउण्टेन टेलिभिजन, न्युज अभियान डट कम र गायिका पुनम पन्तलगायतलाइ  प्रशंसापत्र वितरण गरिएको थियो ।

त्यस्तै समाज परिवर्तन गर्नुपूर्व युवाहरु आफैबाट परिवर्तनको सुरुवात गर्नु पर्छ भन्दै प्रहरी उपरिक्षक रमेश खरेलले कम बोल्ने र बढी गरेर देखाउनु आजको आवश्यकता भएको बताउँनु भएको थियो ।

त्यस्तै प्रहरी उपरिक्षक पिताम्बर अधिकारिले युवाहरुको जागरणले मात्र बिकास सम्भव भएको बताउदै फ्रेन्डशिप फोरमले थालेको युवा जागरणमा आफुले सक्दो सहयोग र समन्वय गर्ने बताउनु भयो । शसस्त्र प्रहरी उपरिक्षक के बि ब्रम्हाचार्यले कसैको पसीना र श्राप नखानेगरी काम गर्न युवाहरुलाई सुझाव दिनु भएको थियो ।

साथै त्यस अवसरमा संस्थागत रुपमा फ्रेण्डशिप फोरम नेपालका सदस्यहरुले ब्यक्तिगत रुपमा मुठ्ठीदान अभियानको समेत औपचारिक सुरुवात गरेका छन । संस्थाका अध्यक्ष यज्ञराज कार्कीले मुठ्ठीदानबाट सङकलीत खाद्यान्न दिनहिन र असाहय तथा प्राकृतिक बिपत्तिमा परेकाहरुलाई सहयोगका निमित्त उपलब्ध गराइने जानकारी दिनु भएको छ ।  कार्यक्रममा संस्थाकी कोषध्यक्ष् स्मिता केसी, न्युज अभियान डट कमका सागर श्रेष्ठ वालवालिका पूर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सबिता उप्रेती,१०० ग्रेजुएटका रामहरी अधिकारी र कायक्रम प्रशिक्षक रमण नेपाली समेतले फ्रेण्डशिप फोरम नेपालले स्थापनाको छोटो अवधिमानै निक्कै उपलब्धीमुलक र प्रभावकारी कार्यक्रमहरु गर्न सकेकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।