बिहिबार, बैशाख १३, २०८१

ज्यानमुद्धामा निलम्वित सभासद् सञ्जयकुमार साहसहित २६ को नाममा रहेका चलअचल सम्पति रोक्का

काठमाडौं भाद्र ३, सम्पति सुद्धिकरण विभागले धनुषा क्षेत्र नम्बर ४ का निलम्वित सभासद् सञ्जयकुमार साह र उनका परिवारसहित २६ जनाको सम्पति रोक्का गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोबाट सम्पति सुद्धिकरण निवारण ऐन २०६४ तथा सम्पति सुद्धिकरण निवारण ऐन २०६६ बमोजिम sanjyaनिज साहलगायत २६ जनामाथि सम्पति सुद्धिकरण कसुरको अनुसन्धान भई रहेकोले सो सम्पति बेचबिखन गर्न नपाउने ठहर गरेको हो ।

मालपोत कार्यालय धनुषालाई पठाएको एक पत्रमा विभाग काठमाडौं वा अदालतको अर्को आदेश नभएसम्म सो सम्पति रोक्का राख्नका लागि विभिन्न व्यक्तिहरूको नाममा अनुसन्धान भइरहेकोले जग्गा जमिनको बेचबिखन गर्न नपाउने भनिएका छन् । पत्रमा उल्लेखित व्यक्तिहरूको नाममा कुनै जग्गाहरू भई हाल नामसारी भई अन्य व्यक्ति वा संस्थाको नाममा कुनै पनि प्रकारको नामसारी भई गएको भए सोको समेत जानकारी दिन निर्देशन दिइएको छ ।

  यसरी सम्पति रोक्का गरिएका अन्य व्यक्तिहरुमा क्रमस   धनुषा लोहना गाविस–७ घर भई हाल जिल्ला धनुषा जनकपुर नगरपालिका वडा–२ कदम चोक बस्ने साधु यादव सुडीको छोरा वर्ष ३७ को सञ्जयकुमार साह, सोही गाविस–७ घर भई हाल जनपा–२ कदम चोक बस्ने लक्ष्मण साहको छोरी तथा सञ्जय साहको श्रीमती रंगीलाकुमारी साह, सोही गाविस–७ घर भई जनकपुर नगरपालिका–२ कदम चोक बस्ने साधु यादव सुडी, सोही गाविस–७ घर भई जनपा–२ कदम चोक बस्ने साधु साहकी श्रीमती वर्ष ६५ की दुलारीदेवी साह सुडी, सोही गाविस–७ घर भई जनपा–२ कदम चोक बस्ने साधु साह सुडीको अर्का छोरा रामकुमार साह, सोही गाविस घर भई जनकपुर–२ कदम चोक बस्ने साधु साहको छोरी अनिता कुमारी साह रहेका छन् ।

त्यस्तै लोहना गाविस–७ घर भई जनकपुर नगरपालिका–२ कदम चोक बस्ने साधु साहको छोरी देवन्ती कुमारी साह, सोही गाविस घर भई जनपा–२ कदम चोक बस्ने साधु साहको छोरी मुन्नीकुमारी साह, सोहि ठाउ“ बस्ने जनपा–२ कदम चोक बस्ने साधु साहकी छोरी बबिताकुमारी साह, जनकपुर नगरपालिका–१६ बस्ने विक्रम पञ्जियार, सोही ठाउ“ बस्ने विक्रम पञ्जियारको छोरा सुजित पञ्जियार, सोही ठाउ“ बस्ने विक्रम पञ्जियारको छोरा अजित पञ्जियार र अमर पञ्जियार, बेंगासिहपुर–१ बस्ने दोरीका यादवको नाती जगेशर यादवको छोरा वर्ष ३५ को ओमप्रकाश यादव रहेको छ ।

सो पत्रमा २६ जना व्यक्तिको नाममा कुन ठाउ“मा कति सम्पति रहेको छ सो पनि उल्लेख गरिएको छ । जनकपुरमा भएको बम काण्डका मुख्य योजनाकार मानिएका सञ्जयकुमार साह (टकला) हाल पुर्पक्षका लागि सिरहा कारागारमा रहेका छन् ।