बिहिबार, बैशाख ६, २०८१

जन-नायक स्व: विपी कोइरालाको जन्मशताव्दी तस्विर प्रदर्शनीका लागि विभिन्न समिति गठन

काठमाडौं श्रावण १७, नेपालको प्रजातान्त्रिक आन्दोलनका जननायकअग्रज तथा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व एवम् जनायक स्व: विपी कोइरालाको जन्मशताव्दीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालले आगामी श्रावण २४ गतेदेखि ३० गतेसम्म करिव  ६०० को सङ्ख्यामा ऐतिहासिक तस्विर प्रदर्शन गर्ने भएको छ ।
photo

राजधानीको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा विपी कोइरालाका जन्मदेखि मृत्युपर्यन्तका महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक तस्विर प्रदर्शन गर्ने तयारीमा गदै गरेको सांस्कृतिक सङ्ग्रहालय नेपाल अन्तगतको विपी कोइरालाको जन्मशताव्दी तस्विर  प्रदर्शनी आयोजक समितिका अध्यक्ष क्षितिज अरुण श्रेष्ठको अध्यक्षताम आज बसेको बैठकले विभिन्न समितिहरु गठन गरेको छ ।

सातव्यापी ऐतिहासिक तस्विर प्रदर्शनलाइ भव्य एवम् सव्यता पूर्वक सम्पन्न गर्नका लागि गठन गरिएको समितिमा क्रमस मन्जु तुलाधर श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन, श्रीजन झाको संयोजकत्वमा प्रचारप्रसार , किशोर खत्रीको संयोजकत्वमा स्वयम सेवक परिचालन, बलराम श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार, रञ्जन थापकाको संयोजकत्वमा राज्य समन्वय , टिकट व्यवस्थापनको संयोजकत्वमा इन्द् कर्माचार्य र रोशन श्रेष्ठ र त्यसै गरि डा.शशिधर खनालको संयोजकत्वमा बुलेटिन प्रकाशन समिति गठन गरिएको हो ।

त्यस्तै प्रस्तुत कार्यक्रमको उद्घाटन सत्र पूर्व प्रधानमन्त्री एवम् नेपली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाको प्रमुख आतिथ्यताम सम्पन्न हुने भएको छ भने कार्यक्रममा मुलुकका प्रमुख राजनैतिक दलका शिर्ष नेताहरुले नेपालको जन निर्वार्चित प्रथम प्रधानमन्त्री विपी कोइरालाको सस्मरणमा महत्वपूर्ण विशेष सम्बोधन गर्ने भएको छ ।