शनिबार, बैशाख ८, २०८१

जग्गा माफियाहरु विरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको चार रोपनी चार आना जग्गा अवैधरुपमा व्यक्तिको नाममा दर्ता गर्ने akither ko logoप्रपञ्चमा लागेको गुठी संस्थानका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ सहायक कृष्णहरि भट्टराइसहित सात जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले मुद्धा दायर गरेकाअन्य जग्गा माफियाहरुमा मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सीताराम पोखरेल, नायब सुब्बा गणेशबहादुर भट्टराई, र कविन्द्र मर्हजन, रवीन्द्र मर्हजन र सुरेन्द्रराज जोशीलाई समेत कारबाहीको माग गरिएको छ । आरोपी सातैजनाबाट रु छ करोड दुई लाख २५ हजार बिगो उठाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ