बिहिबार, बैशाख ६, २०८१

घुस लिएको अभियोगमा जिप्रका काठमाडौंका नायब सुब्बा पक्राउ

cdo-officesकाठमाडौ भाद्र १२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हातहतियार तथा खरखजाना मुद्दाका एक आरोपितसँग घुस लिँँदै गरेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा छविराम काफ्लेलाई पक्राउ गरेको छ । हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका सुविन ठकुराठीसँग रु ३० हजार घुस लिँदालिँदै काफ्ले आज दिउँसो रङगेहात पक्राउ परेका अख्तियारल जनाएको छ ।

प्रशासन कार्यलय मुद्दा फाँटमा कार्यरत काफ्लेले विचाराधीन मुद्दाका आरोपितसँग लिएको घुस कार्यकक्षकै दराजमा राखेका थिए । आयोगको टोलीले उनलाई घुस लिएको रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।