मङ्लबार, बैशाख ४, २०८१

घुससहित रङगेहात पक्राउ परेका रा.अ.वि दुई कर्मचारीविरुद्ध मुद्दा

akhtiyar-ayoogकाठमाडौ भाद्र १२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका राष्ट्रिय अनुसन्धान विभागका दुई कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँका इसिना शर्मा र अशेष अधिकारीलाई श्रम स्वीकृतिबिना नै अध्यागमन पार गराइदिन्छु भन्दै घुस लिँदै गरेको बखत विभागका अनुसन्धान अधिकृत राजन थापा र अनुसन्धान सहायक विश्वेश्वर आचार्य रु ७५ हजार घुससहित रङगेहात पक्राउ परेका थिए ।