बिहिबार, चैत्र १५, २०८०

घुसखोरी साह र नक्कली प्रमाणपत्र धारी घर्ती विरुद्ध मुद्धा दायर

काठमाडौ भाद्र ६, विद्यालयको तह बढाइदिन घुस लिने जिल्ला शिक्षा कार्यालय पर्सामा कार्यरत प्राविधिक सहायक शशिभूषण साहविरुद्ध अख्तियार akither-ko-logo1दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।  पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं ३ स्थित सेस्मी इन्टरनेसनल इङ्गलिस बोर्डिङ स्कुललाई कक्षा ८ सम्मको पढाइ हुने विद्यालयको रूपमा बढुवा गर्न साहले सेवाग्राहीसँग रु दश हजार घुस लिएको देखिएको आयोगले जनाएको छ ।

यसैवीच    आयोगले अञ्चल प्रहरी कार्यालय महाकालीमा कार्यरत प्रहरी सहायक निरीक्षक पप्पीसरा घर्ती विरुद्ध पनि  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रकरणमा आजै मुद्दा दर्ता गरेको छ ।

आयोगले प्रहरी सहायक निरीक्षक घर्तीले पेस गरेको माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेशअन्तर्गत राजकीय महिला इन्टर कलेज लखनउबाट सन् १९९८ मा माध्यामिक शिक्षा उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको जनाएको छ ।