मङ्लबार, बैशाख ११, २०८१

गोपाल कोइराला त्यागी’को पुराना कविता नयाँ अनुहार विमोचित

काठमाडौं भाद्र १५, मिलाप मासिकको आयोजनामा पूर्वाञ्चाललाई कर्मक्षेत्र बनाई राष्ट्रवादी विचारले साहित्य साधनमा त्रियाशिल व्यक्तित्व तथा DSC07937DSC07939सीमा सारोकार नागरिक समितिका सदस्य गोपाल कोइराला ‘त्यागी’को पछल्लो कृति कविता सङ्ग्रह ‘पुराना कविता, नयाँ अनुहार राजधानीमा एक कार्यक्रमबीच विमोचित भएको छ । पूर्व प्रधानमन्त्री कृतिनिधि विष्टको प्रमुख आतिथ्यमा विमोचित उक्त कृति माथि सीमा सरोकार नागरिक समितिका अध्यक्ष चेतेन्त्रजङ्ग हिमाली, प्राडा सुरेन्द्र के.सी, सीमा विद बुद्धिनारायण श्रेष्ठ, कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’, डा. शैलेन्द्रप्रकाश नेपाल, मुकुन्दशरण उपाध्याय लगायतकाले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

इनरुवा, सुनसरीमा बसेर साहित्य सृजना तथा समाजसेवामा क्रृयाशिल गोपाल कोइराला त्यागीका यस अघि नेपाली गद्य सङ्ग्रह भाग दुईको ‘टिका’, मुक्त कल्पना स्मृति (लघुकथा), सम्पत्तिको आतङ्क खोजी उपन्यास, नेपाली मुटुको रगतका थोपा–थोपा (कविता सङ्ग्रह) किताव आफैँ बोल्छ (टष्टा देखि सतलज (कांगडा) सम्मको प्रमाणित दस्तावेज प्रकाशित भइसकेका छन् । कार्यक्रममा विभिन्न साहित्यक व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।