शनिबार, बैशाख ८, २०८१

गीतकार रत्नशम्शेरलाइ विपी कोइराला साहित्य सम्मान

काठमाडौँ श्रावण २३, विपी कोइराला स्मृति प्रतिष्ठानले नेपाली समाजवादी आन्दोलनका नेता तथा साहित्यकार स्वः विपी कोइराला स्मृति साहित्य downloadसम्मानबाट वरिष्ठ कवि तथा गीतकार रत्नशम्शेर थापालाई सम्मानित गर्ने भएको छ ।

ट्रष्टले रु एक लाख एक हजार १०० र सम्मानपत्र सहितको प्रस्तुत पुरस्कार बिपी जन्म शताब्दीको अवसरमा आउँदो भाद्र २४ गते विपी जन्म जयन्तीकोको अवसरमा विशेष समारोहकावीच प्रदान गरिने कार्यकारी ट्रष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गर्दै ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा बलदेव शर्मा मजगैयाँ, डा. धु्रवचन्द्र गौतम र सुशीलमान शेरचनसमेत रहेको छनौट समितिले पुरस्कार सम्बन्धी निर्णय गरेको  जनाइएको छ । त्यस्तै यसै अवसरमा नेपालको प्रजातान्त्रिक सङ्घर्षमा निरन्तर लागिरहने अघिल्लो पुस्ताका एक जना राजनीतिक व्यक्तित्वलाई पनि विशेष सम्मान र बिपीको राजनीति र साहित्यका बारेमा विद्यावारिधि गर्ने विद्वानलाई पनि सोही समारोहमा सम्मान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।