बिहिबार, चैत्र १५, २०८०

खेल मनोरञ्जन मात्र नभई प्रतिभा प्रस्टफुटनको अवसर पनि हो : सभासद् शेरचन

किरण बुढाथोकी भक्तपुरश्रावण २४, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति भक्तपुरले ब्ल्याक वेल्ट डानतर्फ ३३ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । एसओएस हर्मन माइनर स्कुल सानोठिमीमा शनिबार भएको कार्यक्रममा ३७ औ ब्ल्याक वेल्ट प्रथम डानतर्फ १९ र ३२ औ ब्ल्याक वेल्ट दोस्रो डानतर्फ १४ जना गरी जम्मा ३३ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सभासद् महेन्द्र शेरचनले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । वितरण कार्यक्रममा बोल्दै सभासद् शेरचनले खेल मनोरञ्जन र रमाइलोका लागि मात्र खेलीने नभई प्रतिभालाई अगाडि बढाउन खेल्नुपर्नेमा जोड दिए ।

खेल खेल्दा अनुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिर्दै सभासद् शेरचनले एक ठाउँको खेलाडीले अर्का ठाउँ, एक देशका खेलाडीले अर्को देशका खेलाडीलाई चिन्ने माध्यम खेलकुद भएको बताए । तेक्वान्दोमा आफ्रनो प्रतिभालाई अगाडि बढाउँदै पेसाको रुपमा विकास गरे नेपालमा पनि धेरै स्कोप रहेको शेरचनको भनाइ छ ।

नेपालमा खेलाडीलाई आर्थिक समस्या रहेको बताउँदै सभासद् शेरचनले खेलाडीले खेलकुदमा आर्थिक समस्या नमानी दाहित्य निर्वाह गरिरहेकोमा खुसी ब्यक्त गरे । ‘देशका हरेक क्षेत्रमा समस्या छन्’, उनले भने,‘ खेलाडीले उत्साहित भएर जोश, जागरकासाथ खेलकुद क्षेत्रलाई अगाडि बढाउन सके राष्ट्र निर्माणमा सघाउ पु-याउन सकिन्छ ।’  एसओएस हर्मन माइनर स्कूल सानोठिमीका पिन्सिपल विनोद बरालले खेलकुदको माध्यमबाट खेलाडीको प्रतिभालाई अगाडि बढाउनु आवश्यक रहेको औल्याए । कार्यक्रममा भक्तपुर खेलकुद विकास समितिका भूतपूर्व अध्यक्ष राजु श्रेष्ठ, रािष्ट्रय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक धुब्र गुरुङ, भक्तपुर तेक्वान्दो जिल्ला समितिका संरक्षक शेरबहादुर थापामगर, काठमाडौ तेक्वान्दो संघका अध्यक्ष कविराज खड्गी र सचिव तोनील कार्माचार्य, भक्तपुर तेवान्दो संघका सहायक प्रशिक्षकद्धय राजेश प्रजापति र राजेश चुल्याईमुख्यालगायतको सहभागिता थियो ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष गणेशमान घ्याउँमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव इन्द्रभक्त चित्रकार, कार्यक्रम संयोजक बसन्त लामाले पनि बोलेका थिए ।  सचिव चित्रकारका अनुसार गत जेठ १७ गते भएको ३२ औ र ३७ औ ब्ल्याक वेल्ट प्रथम र दोस्रो डान प्रशिक्षणमा २५ विद्यालय र डोजाङ क्लव गरी जम्मा ३३ जना प्रशिक्षार्थी सामेल थिए ।  डोजाङतर्फबाट सल्लाघारी र मेरिगोल्ट बालकोटको सहभागिता रहेको उनले बताए । तेक्वान्दो संघ जिल्ला कार्य समितिले वार्षिक कार्यक्रमअनुसार यो कार्यक्रम गरेको उनको भनाइ छ । त्यस्तै, नेपाल तेक्वान्दो संघ मेरिगोल्ट स्कुल बालकोटले आगामी ४ र ५ कार्तिकमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको स्कुलका प्रशिक्षक रोशन श्रेष्ठले जानकारी दिएका छन ।