शुक्रबार, बैशाख १४, २०८१

कान्तिपुरमा मजदुर सङ्घले गरे आन्दोलनका कार्यक्रम स्थगित (विज्ञप्ति सहित)

काठमाडौ भाद्र १५, अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना तथा प्रकाशन मजदुर सङ्घले कान्तिपुर पब्लिकेशनमा गर्दै आएको सम्पूर्ण kantipur_building (1)आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । पब्लिकेशनका प्रकाशन बिक्री वितरणमा भएको अवरोधबाट पाठक वर्गमा पर्न गएको असुविधा र सरोकारवाला सम्बन्धित पक्षबाट आएको अनुरोधलाई समेत मध्यनजर गर्दे सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  आन्दोलनका क्रममा गिफ्तार गरिएका श्रमजीवीलाई तत्काल बिनासर्त रिहाइ गरी पुनःवाहली नगरेको खण्डमा आन्दोलन जारी राख्ने जनाउँदै विज्ञप्तिमा पब्लिकेशनले सूचना जारी गर्दै छलफल र संवादका माध्यमद्वारा समस्या समाधान गर्न तयार रहेको जनाएपछि आन्दोलन स्थगित गरेको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

हाम्रो महासंघको पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ, कान्तिपुर पब्लिकेशन मूल इकाई समितिले विभिन्न सात बुँदे माग राखी आन्दोलनरत रहेको सर्वविदितै छ ।

न्यूनतम तलब बृद्धि र ठेकेदारी प्रथाको अन्त्य लगायतका मागहरु उठाउँदा कान्तिपुर पब्लिकेशनका प्रकाशनहरु बिक्री वितरणमा भएको अवरोधबाट पाठक वर्गमा पर्न गएको असुविधा र सरोकारवाला सम्बन्धित पक्षबाट आएको अनुरोधलाई समेत मध्यनजर गर्दै आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरेका छौं । हाम्रा मागलाई व्यवस्थापन पक्षले सकारात्मक रुपमा लिने अपेक्षा गर्दछौं । यदि हाम्रा मागहरुलाई सकारात्मक रुपमा नलिएमा पुनःकडा सङ्घर्षका कार्यक्रमहरु गर्न हामी बाध्य हुनेछौं ।

  आन्दोलनका क्रममा साथ दिनुहुने सम्पूर्ण मजदुर/कर्मचारी र शुभेच्छुक साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गर्दछौं । आन्दोलनका क्रममा गिरफ्तार गरिएका साथीहरुलाई तत्काल बिनाशर्त रिहाई र निलम्बित मजदुर/कर्मचारीहरुलाई तत्काल पुनर्वहाली नगरेमा आन्दोलन जारी रहने समेत जानकारी गराउँदछौं ।

… … … …

रामदीप आचार्य

संयोजक