बुधबार, बैशाख १२, २०८१

“कवितामा नेपाल” का अभियन्ता सुदूरपश्चिममा

 काठमाडौं  भाद्र १४, नेपाली कविताले अन्तराष्ट्रिय स्तरमा स्वीकृति पाउन नेपाली माटोकै गन्धबाट उठेको हुनुपर्छ भन्ने आग्रहका साथ “कवितामा नेपाल” नामक अभियान सञ्चालन गरिरहेका युवा कवि तथा समालोचक महेश पौड्यालले कैलालीको अत्तरियामा सुदुरपश्चिमका साहित्यकारहरूसँग kabitama nepalअन्तक्रिया सम्पन्न गरेका छन ।

कवि कृष्ण बोहोरा यात्रीको संयोजकत्वमा प्रतिभा पुस्तकालय अत्तरियाले शुक्रवार आयोजना गरेको कार्यक्रममा वरिष्ट साहित्यकार कृष्णदत्त पनेरु, निर्मल कुमार भण्डारी, पद्मराज जोशी, विनोद भट्टराई, टी.एन. जोशी, कृष्ण बोहरा यात्री लगाएतका ५० जना साहित्यकारहरूको उपस्थिति रहेको थियोे ।  कार्यक्रममा बोल्दै कवि तथा समालोचक महेश पौड्यालले सुदुरपश्चिमलाई चिनाउने गरी मुलधारका कविता लेख्न कविहरूलाई आग्रह गर्दै अबको कविता भावनाको आवेगमात्रै रहनुहुँदैन भन्दै पौड्यालले थपे, “अब प्रत्येक कवि अनुसन्धाता हुनुपर्छ, र उसको कविता आफ्ना अनुसन्धानले प्रमाणित गरेका नवीन र मौलिक ज्ञानको जगमा उभिनुपर्ने बताए ।

यसै कार्यक्रममा पौड्यलाले निकट भविष्यमा नेपालको परिचय स्थापित गर्नसक्ने कविताको सँगालो अङ्ग्रेजीमा प्रकाशित गर्ने पनि घोषणा गरे । उनले कार्तिकमा देशभरिका तरुण लेखकहरूको राष्ट्रिय शिविर आयोजना गर्ने र देशैभरिका युवा सर्जकहरूको सञ्जाल निर्माण गर्ने पनि जानकारी दिए । कार्यक्रममा बोल्ने अधिकांश साहित्यकारहरूले सुदुरपश्चिममा कलासाहित्यको सम्भावना धेरै रहे पनि यहाँका श्रष्टाहरूले नेपाली साहित्यका मूलधारमा उपस्थिति जनाउन नसक्नु दुखद रहेको बताए ।  – माधव अधिकारी कैलाली