शुक्रबार, बैशाख १४, २०८१

कक्षा १२ को नतिजा सार्वजनिक, ७०.४३ प्रतिशत उत्तीर्ण

भक्तपुर भाद्र १४, उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल आज सार्वजनिक गरेको छ । परीक्षामा ७० दशमलव ४३ HSEBप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । विज्ञान सङ्कायमा कुल ३६ हजार ७२७ जना परीक्षार्थीले परीक्षा दिएकामा कुल २५ हजार ८६६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

त्यस्तै आंशिकतर्फ भने ३८ दशमलव २१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ कुल छ हजार ८४२ जनाले परीक्षा दिएकामा दुई हजार ६२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ आठजना र आंशिकतर्फ सातजनाको परीक्षाफल रद्ध गरेको र छजनाको परीक्षाफल स्थगित भएको उच्चमाध्यमिक शिक्षा परिषद्ले जानकारी दिएको छ।