शनिबार, बैशाख ८, २०८१

एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटको उपाधि नेपाललाई

काठमाडौ भाद्र ४, नेपालले पहिलोपटक एसिसी यु–१६ प्रिमियर लिग अन्तर्गत मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा आज भएको 9c52a3e89dd81aaeedb61ecb7bafe2da_Lलिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ३२ रनले पराजित गर्दै क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेट गुमाउँदै १६१ रन जोडेका थिए भने जवाफी ब्याटिङमा उत्रेको मलेसिया ३६ दशमलव २ ओभरमा १२९ बनाउँदै अलआउट भएका थिए । त्यस्तै प्रतियोतिामा ‘म्यान अफ द टुर्नामेन्ट’को उपाधि नेपालका अनिल खरेल र ‘बलर अफ द टुर्नामेन्ट’ जितेन्द्र सिंह ठकुरी घोषित भए । उत्कृष्ट ब्याट्सम्यानको उपाधि मलेसियाका वीरनद्वीप सिंहले प्राप्त गरेका थिए ।