शुक्रबार, बैशाख १४, २०८१

एमाले केन्द्रीय कमिटीको पूर्ण बैठकका लागि प्रस्तावित मिति स-यो

काठमाडौँ श्रावण २२, नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बस्ने सम्बन्धमा पूर्व निर्धारित बैठक 480X320_5add7d4387bd10d3c8f183aa6a39fd9dतालिका भन्दा दुइ दिन पर सरको छ । प्रस्तावित बैठक तालिका अनुरुप अगामी श्रावण २५ गते जनैपूर्णिमा परेका कारण श्रावण २७ गते मात्र बैठक बस्ने सम्बद्ध स्रोतले जनाएको छ । यस अघिको बहिलो बैठकले दोस्रो बैठकका लागि श्रावण २५ गतेको मिति तय गरिएको सम्वद्ध स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उक्त बैठकमा सम्पन्न महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थिति, सरकार, संविधानसभा तथा व्यवस्थापिका–संसद्को कामलगायतका कार्यसूची तय गरिएको बुझिएको छ ।