शनिबार, बैशाख ८, २०८१

एमाओवादी वावुराम माओवादी बन्ने प्राय निश्चित

काठमाडौं भाद्र ५, बुधवार एमाओवादी नेता बाबुराम भट्टराई पक्षले मोफसलमा मात्र नभएर राजधानीमा समेत समानान्तर समिति गठन गरेपछि सिर्जना भएको एमाओवादी भित्रको चरम विवादलाइ सम्बोधन गर्नका लागि आज संस्थापन एमाओवादीको पदाधिकारी बैठक बस्ने भएको छ ।

parchanda-baburamअपरान्ह ४ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक बस्न लागेको सम्वद्धस्रोतले जनाएको छ। पार्टीमा सस्थापन पक्ष र डा बाबुराम भट्टराई पक्षबीच पार्टी एकीकरण गरेर लैजाने सहमति भएपनि भट्टराई पक्षले सहमति तोड्दै समानान्तर समिति गठन गर्नु आफैमा तर्कसङग नभएको भन्दै सस्थापन पक्षले यसको विरोधमात्र गरेन नेता बाबुराम भट्टराई र उनको समूहलाइ पार्टी फुटाएर पदको टेण्डर खुलाउने आरोप समेत लगाएका छन ।

यसरी एमओवादी भित्र मौलाएको आरोप प्रत्यारोपको अवस्थालाइ नजरअन्दाज नगर्ने हो भने अव एमाओवादी वावुराम माओवादी बन्ने प्राय निश्चित भएको समाचार स्रोतहरुले  दावी गरेका छन ।