बिहिबार, बैशाख १३, २०८१

एमाओवादीका अध्यक्षद्दारा प्रम कोईरालाको ध्यानाकर्षण

काठमाडौ भाद्र १०, प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमवार साँझ भएको pra-susuilविशेष भेटवार्ताको क्रममा संविधान निर्माण र चारबुँदे सहमतिबाट लगायत विषयमा छलफल भएको छ । वार्ताको क्रममा माओवादीका अध्यक्ष दाहालले चारबुँदे सहमतिबाट काँग्रेसपछि हट्दै परिवर्तनका कार्यसूचीलाई ओझेलमा पार्ने सम्मका काम भएको भन्दै यदि सहमति कार्यान्वयमा बाधा सिर्जना गरिए सदनबाट दबाब दिइनेबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यस्तै उहाँहरुवीच निर्धारित समयमै संविधान निर्माणका लागि हाल देखिएका विमतिलाई सम्बोधन गर्दै कसरी अघि बढने भन्ने सम्बन्धमा विशेषे कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार छलफलमा एमाओवादी अध्यक्ष दाहालले चारबुँदे सहमति कार्यान्वयनको आफ्नो दलको मागलाई काँग्रेस र एमाले बेवास्ता गर्नु संविधान निर्माण र परिवर्तनलाई संस्थागत नगर्ने चालबाजी हो भन्दै सहमति जुटाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो भने सनेमने प्रतिउत्तर दिदै प्रमले संविधान निर्माणबारे दलबीच देखिएको विमति हटाउन आवश्यक पहल गर्ने आश्वासन दिनुभएको अध्यक्ष दाहाल निकट स्रोतले जनाएको छ।