शुक्रबार, चैत्र १६, २०८०

एआईजी बढुवाको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौ श्रावण ३०, मन्त्रिपरिषद् विहिवारको बैठकले नौ डीआईजीलाई एआइजीमा बढुवा गरेकोे निर्णयविरुद्ध डीआईजी यादव अधिकारीले वारेस supreme-court-nepalकेशवप्रसाद पौडेलमार्फत आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

डीआईजी अधिकारीले नौ डीआईजीलाइ गरेको बढुवाप्रति असन्तुष्टी जनाउँदै दायर रिटमा कार्यसम्पादनको न्यायोचित नम्बर नदिएका कारण बढुवा रोकी पुनः बढुवा गर्नलाई परमादेशको आदेश जारीगरी पाउँ भनी रिट दायर गर्नुभएको हो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।