शनिबार, बैशाख ८, २०८१

उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणाको वातावरण बनाउँन नेपाल सरकारलाई निर्देशन

काठमाडौ  भाद्र ९, काठमाडौउपत्यकालाई आगामी वर्षको प्रारम्भबाटै प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गर्न आवश्यक नीति र संरचनात्मक  biccव्यवस्था गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले प्लास्टिक झोला नियमन तथा निर्देशिका २०६८ को प्रभावकारी कार्यान्वयन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को कार्यान्वयन प्रगतिको विवरणका सम्बन्धमा एक हप्ताभित्र समितिलाई प्रतिवेदन प्रस्तुत गर्न स्थानीय विकास र सहरी विकास मन्त्रालयलाई निर्देशन दिनेसमेत निर्णय गदै न्यूनतम् ३० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाउने तथा खाद्य सामग्रीमा दुधिलो प्लास्टिक प्रयोगमा रोक लगाई प्राकृतिक रङको मात्र प्लास्टिक प्रयोग गर्नका लागि निर्देशिका २०६८ संशोधन गर्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको समितिले जनाएको छ ।