शनिबार, बैशाख ८, २०८१

इबोला भाइरस नियन्त्रणका लागि भइरहेको तयारी जानकारी गराउँ : सभामुख

 बोक्सीसम्बन्धी विधेयक स्वीकृत

काठमाडौ श्रावण २९, व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले पश्चिमी अफ्रिका लगयतका देशलाइ आक्रान्त 2852_123बनाउँदै आएको इबोला भाइरसको सङ्क्रमणबाट नेपालीलाइ जोगाउन भइरहेका तयारीबारे सदनलाई अविलम्ब जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।

सांसदले सदनको आजको शून्य समयमा इबोला भाइरसका सम्बन्धमा कुरा उठाउनुभएको थियो । पश्चिमी अफ्रिकाबाट फैलिएको सो रोगले निम्त्याउन सक्ने खतराबाट जोगाउन सक्ने विभिन्न विधि तत्काल अवलम्बन गर्न सभामुखले सरकारको ध्यानकर्षण गर्नुृभएको हो ।
यसैवीच आजको बैठकमा समाजकल्याणमन्त्री नीलम केसीले टेवल गर्नु भएको बोक्सीसम्बन्धी कसुर र सजाय विधेयक, २०७१ र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण विधेयक, २०७१ दफावार छलफलमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।