शुक्रबार, बैशाख ७, २०८१

आवश्यकता अनुरुपको सावधानी अपनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ श्रावण १७, गृह मन्त्रालयले सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरेमा आएको पहिरोबाट थुनिएको सुनकोशी नदी खुलाउन नेपाली सेनाको नेतृत्वमा गएको प्राविधिकसहितको टोलीले विस्फोट गराएको र हाल सो स्थानबाट पानीको निकास हुन थालेको जनाएको छ ।

home ministry_20140512091923 गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख भए अनुसार तल्लो तटीय क्षेत्रमा आउनसक्ने बाढी र सोबाट हुनसक्ने जनधनको क्षतिप्रति सावधानी अपनाउन प्रभावित हुनसक्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्भावित जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

त्यस्तै गरि विज्ञप्तिमा पहिरोबाट उत्पन्न समस्यालाई प्रभावकारी रुपमा सम्बोधन गर्न मन्त्रालयमा विपद् व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कमाण्ड पोष्ट खडा गरी निरन्तर सूचना सङ्कलन, समन्वय, अनुगमन र निर्देशनसमेत भइरहेको भन्दै पहिरोमा परि हालसम्म आठ जनाको मृत्यु भएको र २० जना घाइते भएकामा गम्भीर घाइते सात जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको विज्ञप्तिमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031