बिहिबार, बैशाख १३, २०८१

आफ्ना सहकर्मी श्रमिकलाई तत्काल रिहा गर्न माग

काठमाडौ भाद्र १३, नियुक्तिपत्र सहित न्यूनतम पारिश्रमिक रु १० हजार ८०० लागू गर्नुपर्ने माग गर्दै कान्तिपुर दैनिकमा कार्यरत एवम् आन्दोलित kantipur_building (1)अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर सङ्घले हप्ता दिनअघिदेखि थुनामा रहेका श्रमिकलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै आन्दोलनमा उत्रिएका कान्तिपुर दैनिकमा कार्यरत कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई हप्ता दिनअघिदेखि थुनामा राख्दै आएकोमा आपत्ती प्रकट गर्दै पक्राउ गरिएका जन्मदेव जैसी, रन्तबहादुर चालिसे र श्यामकृष्ण पुडासैनीलगायत नौजना जनालाइ तत्काल रिहा गर्न र पब्लिकेसनले निलम्बनमा गरेका   १९ जनालाई सहकर्मी श्रमिकको निलम्बन फुकुवा गर्न समेत सङ्घले माग गरेको छ ।