बिहिबार, बैशाख १३, २०८१

आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्ने पर्व

काठमाडौ भाद्र १, प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको shree krishnaस्मृतिस्वरुप ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

श्रीकृष्ण जन्माष्टमीको प्रसङगमा धार्मिक दस्तावेजमा उल्लेख भएअनुसार अत्याचारी कंसको दवाव र प्रभाव बाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । त्यसो त मोहरात्रिको नामले समेत पुकारिने जन्माष्टमी पर्वको कुरा गदै गर्दा यो पर्व मुलत सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्ने पर्व हो भन्दा अतिसयुक्ति नहोला ।
यसै प्रसङ्गमा श्रीकृष्णले श्रीमदभगवत् गीतामा भन्नुभएको छ, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।” अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ, त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानवरुप धारण गरेर धरतीमा जन्म लिनेछु । श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्णजन्माष्टमी पर्व मनाउने गरिएको छ ।

त्यस्तै आजको दिन ललिपुरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, बूढानीलकण्ठस्थित श्रीकृष्ण मन्दिर, तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा सहित मेल लाग्ने गर्दछ । यसै क्रममा ललिपुर मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिरको दर्शनको लागि राष्ट्रप्रमुखको सवारी चलाइने परम्परा अनरुप राष्टपति डा रामवरण यादव ललितपुर जानुहुने छ ।