शनिबार, बैशाख ८, २०८१

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौ श्रावण २५, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज मनाइँदैछ । आजको दिन event photographyevent photographyरक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने रहि आएको छ ।

त्यस्तै आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको सप्तमृत्तिका लगाएर स्नान गरि स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ ।

आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परासमेत रहेको छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाभरि खेतीपातीको काम गर्दा शरिरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता समेत रही आएको छ भने तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।

आजको दिन काठमाडौको पशुपति र रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा विशेष मेला मेला भन भक्तजनहरुको घुइचे लग्ने गर्दछ ।