बिहिबार, चैत्र १५, २०८०

आज कुशेऔँसी र बाबुको मुख हेर्ने पर्व अर्थात पितृसम्मान दिवस मनाउँदै

काठमाडौ भाद् ९, आज कुशेऔँसी पर्व आज ब्राह्मणद्वारा वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी पूजा गरेर ल्याइएको कुश घर घरमा भित्र्याएर IMG_1285_sjh_road_photography_kuse_aausi@gokarna_2070मनाइएको छ । आज घर घरमा भित्र्याइएको कुश वर्षभरिका देवकार्य एवम् पितृ कार्यका लागि पवित्र मानिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीका कुनै पनि कर्म कुशबिना नगरिने हुँदा भगवान् विष्णुको प्रतीकका रूपमा कुश घर घरमा राख्ने गरिन्छ ।
त्यस्तै आजै बाबुको मुख हेर्ने दिनका रूपमा समेत लिइने आजको पर्वमा छोराछोरीले आफूलाई जन्म दिने पितालाई आदर सम्मानपूर्वक मीठा फलफूल, मिठाई र खाद्य सामग्री खान दिई उपहारसमेत दिएर सम्मान व्यक्त गरेका छन् । जन्म दिने आमा बाबु र शिक्षा दिने गुरुलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले जीवित देवताका IMG_1286_sjh_road_photography_kuse_aausi@gokarna_2070रूपमा मान्ने गर्दछन् ।
तर आफ्ना पिताजी दिवङ्गत भइसकेका छोराछोरीहरू भने आजको दिन काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा गई विधिपूर्वक पिण्डदान, तर्पण र सिदादान गरी दिवङ्गत पितालाई श्रद्धा भक्तिपूर्वक सम्झने गर्दछन् । यसो गरेमा मुक्ति नपाएका पितृहरूले पनि मुक्ति पाउँछन् भन्ने धर्मशास्त्रीय मान्यता रही आएको छ ।