बिहिबार, बैशाख १३, २०८१

अविरल वषाका कारण् तराईका अधिकांसभाग जलमग्न,उपत्यकासहित विभिन्न जिल्लामा गरी १३ जनाको मृत्यु

लाखौं रुपैँया बराबरको धनमाल क्षति

काठमाडौं श्रावण ३०, विगत केहि सातायता देखिको अविरल वषाका कारण् तराईका अधिकांसभाग जलमग्न हुनुको अलावा देशैभरको जनजीवन कष्ठकर बनेको छ । वषाका कारण पुर्वदेखि पश्चिम तराईका अधिकांस गाउँहरु डुवानमा परेका छन् भने  अविरल वर्षासँगै आएको बाढी-पहिरोबाट Gandak-1काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गरी १३ जनाको मृत्यु भएको छ। कम्तीमा ६ बेपत्ता भएका छन्। उपत्यकामा ३, मोरङ, जाजरकोट र रुकुममा २/२, चितवन, सिन्धुली, उदयपुर र धनुषामा १/१ जनाको ज्यान गएको हो। बाढी पसेपछि तराईका केही सहर र धेरै गाउँ डुबानमा परेका छन्। पहाडी जिल्लामा कयौं ठाउँमा पहिरो गएको छ।  त्यस्तै  अविरल बर्षाका कारण सप्तकोशीमा पानीको बहाब अहिले सम्मकै उच्च भएको छ ।

त्यस्तै सुनसरीका इटहरीको अधिकांश भूभाग डुबानमा पर्नुको अलावा मोरंङगको बिराटनगर लगायतका अधिकांश बजारका साथ बुढी खोला मोरंगका गछिया, केशलिया, लगायतका अधिकांश खोलाहरुले कटान थालेका छन । त्यस्तै खतराको सङकेतसहित सुनकोशीमा रातो झण्डा गाडीएको छ ।  बाजुराको बाउली खोलामा भिषण बाढी आउँदा १० ओटा घर बगाएको छ, भने लाखौं रुपैँया बराबरको क्षति पुगेको छ । यसैगरी सिन्धुलीको वेलघारीमा झुगाँ खोलामा आएको वाढीले काठे पुल वगाएको छ भने चहदा खोलामा आएको वाढीले धेरै खेतहरु कटान गरेको र वेतीनि गाउँको ५० घर जोखिममा परेको बुझिएको छ ।

यसैवीच अविरल वर्षाका कारण सदरमुकाम जनकपुरस्थित सरकारी कार्यालय जलमग्न भएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । वर्षाको पानीबाट जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, आन्तरिक राजस्व कार्यालय, जिल्ला हुलाक कार्यालय, यातायात व्यवस्था कार्यालय, जनकपुर अञ्चल अस्पताल लगायतका क्षेत्रमा कुनै कामकाज हुन सकेको छैन यता वर्षाका कारण राप्ती नदीको पानीको सतहसमेत बढेपछि बाढी प्रभावित क्षेत्रका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ ।