बिहिबार, बैशाख १३, २०८१

अज्ञात समूहको गोलीप्रहारबाट अमृतादेवीको मृत्यु

काठमाडौं  भाद्र १४, अज्ञात समूहको गोली प्रहारबाट आज बिहान सर्लाही जिल्लाको नोकेल्बा गाविसमा आज गएराती अज्ञात समूहको गोली प्रहारबाट अमृतादेवी महतोको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती करिब २ बजे आफ्नैकोठामा सुतिरहेको अवस्थामा झ्यालबाट अमृतामाथि गोली प्रहार भएको हो । उक्त गोलीले महतोको दाहिनेपट्टि छाती छेदन गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।  प्रहरीले घटनाबारे अनुसन्धान एवम् गोली प्रहार गर्नेको खोजीगरिरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।