बुधबार, बैशाख १२, २०८१

अख्तियारद्दारा काठमाडौं महानगरपालिका र मातहतका कार्यालयमा समेत छापा

 आव २०६९/७० र २०७०/७१ को सम्पूर्ण कागजात नियन्त्रणमा

घुस दिएको अभियोगमा जवर श्रेष्ठविरुद्ध मुद्धा दायर

काठमाडौ भाद्र १५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार र अनियमितताको उजुरी परेपछि काठमाडौँ महानगरपालिकामा आज छापा मारेको छ । सेवाग्राहीले व्यापक अनियमितता भएको गुनासो गरेपछि आज दिउँसो आयोगको टोली महानगर पुगेको थियो । आयोगले महानगरपालिकाको बागदरबारस्थित मुख्य कार्यालय, हनुमान ढोका दरबार संरक्षण कार्यालय र टेकुमा रहेको वातावरण विभागमा समेत एकैपल्ट छापा मारेको हो ।

आयोगका अनुसार महानगरमा नक्सा पास, सामान खरिद गर्दा व्यापक भ्रष्टाचार तथा अनियमितता गरेको र सामान्यभन्दा सामान्य काममा समेत घुस लिएको भन्ने उजुरी परेपछि आयोगले छापा मारी आर्थिक वर्ष २०६९÷७० र २०७०÷७१ को सम्पूर्ण कागजात र पछिल्ला निर्णय पुस्तिका समेत नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यसवीच प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा चोरी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका दाई भीमसेन श्रेष्ठलाई छुटाउन प्रहरीलाई रु तीन लाख ५० हजार घुस दिएका घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जवर श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।  राजधानीको धुम्बाराही बस्ने भीमसेन श्रेष्ठलाई छुटाउनका निजका भाईले नगद र दस्तखतसमेत गरिसकेको एभरेष्ट बैंकको खाली चेकसमेत केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत प्रहरी कर्मचारीलाई घुस रिसवत दिने बदनियत कार्य गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।