काठमाडौं, भाद्र ४, ‘फोटो खिचौं आनन्द लिऔं’, भन्ने नारकासाथ मङगलवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ७५औं विश्व फोटोग्राफी
दिवस मनाइएको छ ।
यसै अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहको अगुवाइमा प्रभातफेरी निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, सुनधारा, शान्तिबाटिका, पुरानो बसर्पार्क हुँदै पुनः भृकुटीमण्डप पुगेर समापन भएको थियो ।
प्रभातफेरीमा वरिष्ठ देखि कनिष्ठ फोटो पत्रकारहरुको सहभागीता रहेको थियो ।