शुक्रबार, अशोज ५, २०८०

१२ औ महाधिवेशनबाट निवार्चित स्थानीय पदाधिकारीको म्याद सकियो,निवर्तमानलाई पूर्नस्थापित गर्ने तयारी

काठमाडौ भाद्र ४,नेपाली काँग्रसको १२ औ महाधिवेशनबाट निवार्चित जिल्ला, क्षेत्र र गाउँ र नगर कार्य समितिका पदाधिकारी तथा सदस्यको चार वर्षे पदावधि श्रावण मसान्तबाट समाप्त भएको छ।

nepali-congress-flagविधानको व्यवस्थाअनुसार जिल्ल्लादेखि तल्लो तहका निकायको अधिवेशन श्रावण महिनाभित्र गरिसक्नु पर्थ्यो। अधिवेशन हुन नसकेको र पदावधि नबढाइएका कारण ती सवै निकायका पदाधिकारी र सदस्यहरू यतिबेला अन्योलमा छन। यसअघि चार जिल्लाबाहेक ७१ जिल्लाको अधिवेशन ०६७ श्रावण २७ गते भएको थियो। भक्तपुर, सप्तरी, पर्सा र सर्लाहीमा विवादले केही पछि हुन पुगेको हो। ती जिल्लाको पदावधि केही समय बाँकी छ। क्षेत्रीय, गाउँ रनगर अधिवेशन ०६७ श्रावण १५ अगावै भईसकेका हुन। केन्द्रीय पदाधिकारी र सदस्यहरूको पदावधि पनि असोज पहिलो साताबाट समाप्त हुँदैछ।

विधानले तोकिएको समयभित्र अधिवेशन गराउन नसकेपछि नेताहरूले सवै तहका पदाधिकारी र सदस्यको पदावधि एक बर्ष थप गर्ने सोचसमेत बनाएका छन। तर केन्द्रीय कार्यसमिति बैठक नबसेकाले औपचारिक छलफल हुन हुन नसकेको बुझिएको छ ।  विधानमा अधिवेशन गराउन नसक्ने असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले कारण खोली बढीमा एक वर्ष सम्मको अवधि बढाउन सकिनेु उल्लेख छ। पार्टी प्रवक्ता दिलेन्द्र बडुलाइ उदृत गर्दै आजको कान्तिपुर दैनिकमा प्रकाशित खवरमा पदाधिकारीहरुको म्याद सकिए पनि केन्द्रीय कार्यसमिति बैठक बसेर चाडै निवर्तमान हैसियतमा पुगेका पदाधिकारी र सदस्यलाई पुर्नस्थापित गर्दै केन्द्रीय कार्यसमिति बस्नसाथ निवर्तमानलाई जोडिन्छ, पार्टीले मान्यता दिने उल्लेख गरेका छन ।