काठमाडौँ श्रावण २३ , महानगरिय प्रहरी प्रभागले वैदेशिक रोजगारी व्यवसायी महासङ्घका अध्यक्ष हंसराज वाग्लेसहित पाँच व्यवसायीलाई आज प
क्राउ गरेको छ । पाकिस्तानी तनविर शाहलाई कुटपिट गरेको आरोपमा प्रहरीले वैदेशिक रोजगारी व्यवसायी दुर्गाबहादुर लिम्बू, प्रज्ञान न्यौपाने, भुवन गुरुङ र कमल तामाङलाई समेत पक्राउ गरी थुनामा राखेर अनुसन्धान थालिएको प्रभागले जनाएको छ । प्रभागका अनुसार वाग्लेसहित पाँच व्यवसायीले गए राति ११ बजे दरबारमार्ग सिजिनिङ डान्स बारमा शाहलाई कुटपिट गरी घाइते बनाएकामा पीडितले मुद्दा दिएपछि उनीहरूलाई सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।