बिहिबार, मंसिर १४, २०८०
Dashain

स्थानीय निकाय बन्दको घोषणा परिमार्जित,श्रावण २० २१ र २२ गते देशभरका स्थानिय निकाय ठप्प गरिने

काठमाडौं श्रावण १७, स्थानीय निकायको निर्वाचन तथा पेशागत मागको सम्बोधनका लागि विगत लामो समययता देखि आन्दोलनरत स्थानीय निकाय सयुक्त spआन्दोलन केन्द्रीय समन्वय समितिद्दारा पूर्व घोषित तीन दिने स्थानीय निकाय बन्दको घोषणालाइ परिमार्जित गरेको छ ।
समितिद्दारा पूर्व घोषित कार्यक्रमका वीच छिमेकी राष्ट भारतका प्रम नेरेन्द्र मोदीको औपचारिक नेपाल भ्रमणको कार्यक्रम परेको भन्दै पूर्व घोषित आन्दोलनको कार्यक्रमलाइ परिमाजन गर्नु परेको समितिद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा समितिले भारतीय प्रम मोदीको औपचारिक भ्रमणको सम्मानमा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको तर्फबाट सफलताको कामना गर्दै प्रस्तावित आन्दोलनका कार्यक्तम अन्र्तगत श्रावण १८ १९ र २० को सट्टा श्रावण २० २१ र २२ गते देशभरका स्थानिय निकायका कामकाज ठप्प पार्ने जनाईएको छ । ।

त्यस्तै यसवीचमा पनि समितिद्दारा प्रस्तुत माग उपर कुनै सम्बोधन नभएमा थप विरोधका कार्यक्तम सञ्चालन गर्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031