काठमाडौ भाद्र ३, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एक घले दाइका सेकुवा कर्नरमा वैदेशिक रोजगारीमा जान लागेका युवाबाट घुस लिएको आरोपमा राष्ट्यि अनुसन्धान विभागका दुई प्रहरी अधिकृतलाई घटनास्थलबाटै आज साँझ पक्राउ गरेको छ । यसरी रङगेहात पक्राउ परेका घुस्याह प्रहरीद्धय प्रहरी निरीक्षक राजन थापा र सहायक निरीक्षक विश्वेश्वर आचार्यलाइ थप अनुसन्धानको लागि हिरासतमा लिएको आयोगले जनाएको छ