शुक्रबार, अशोज ५, २०८०

साझाका यात्रुलाई वाइफाइ

काठमाडौ श्रावण १९, नेपाल टेलिकमले आइतवार देखि साझा यातायात सहकारी संस्थाद्वारा काठमाडौंँ उपत्यकाभित्र सञ्चालित साझा बसमा एनटी SAJA BUSवाइफाई हटस्पट्स सेवा सञ्चालनमा ल्याएको छ ।

साझा बसका यात्रुहरुकालागि परिलक्षित गरि ल्याइएको प्रस्तुत सेवा सञ्चालनबाट यात्रुले वाइफाइमार्पmत इन्टरनेट चलाउनका लागि जिएसएम तथा सिडिएमए पोस्टपेड÷प्रिपेड मोबाइलको म्यासेज बक्समा गई वाइफाइ टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गरी स्मार्ट फोन, ल्यापटप, आइप्याड आदिमा सहजै वाइफाइ चलाउन सक्ने बताइएको छ ।
त्यस्तै प्रस्तुत सेवा हललाइ राजधानीको कलङ्की त्रिपुरेश्वर विमानस्थलसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल महाराजगञ्ज हुँदै गँगबु बसपार्कको रुटका साझाबसमा कर्यान्वयन गरिएको र यसबाट सहजै इन्टरनेट चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ ।