काठमाडौ भाद्र १३, मिडिया एड्भोकेसी समूहद्वारा आज राजधानीम आयोजित संविधान लेखन प्रक्रियामा सञ्चारजगत्को भूमिका विषयक
अन्तक्र्रियालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले संविधान लेखन मुलुकको आवश्यकता भएका कारण संविधान लेख्नका लागि सञ्चार जगतले राजनीतिक दलमाथि सकारात्मक दबाब सिर्जना गनुपर्ने बताउँनु भएको छ। त्यस्तै मन्त्री रिजालले संविधान लेखन एवम निर्धारित मितिमा जारी गर्नका लागि दलहरुवीच पछिल्लो समयमा आशातित प्रगति भइरहेको पक्षतर्फ इङगीत गर्दै संविधानसभाको निर्वाचनको परिणामले शासकीय स्वरूपको विषयमा दलहरूलाई एउटा सहमतिको बिन्दुमा पु-याइसकेको बताउँनु भएको छ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकमा लोकतन्त्रका लागि भएको आन्दोलनमा नेपाली सञ्चारजगत्ले नेतृत्वदायी भूमिका निर्वाह गरेकाले परिवर्तनलाई स्थायित्व प्रदान गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने काममा पनि सञ्चर जगतको तर्फबाट सहयोग रहने धारणा व्यक्त गर्नु भएको थियो भने नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झाले मिडिया एड्भोकेसी ग्रुपले मुलुकका ३१ जिल्लाका २३४ जना पत्रकारलाई क्षेत्रगत रूपमा संविधान लेखनमा पत्रकारहरूले खेल्न सक्ने भूमिकाबारे प्रशिक्षण दिएको जानकारी दिनुभएको थियो । आयोजक संस्था मिडिया एड्भोकेसी समूहका अध्यक्ष बबिता बस्नेतले संविधानको मस्यौदा लिएर गाउँगाउँमा जाँदा जनप्रतिनिधि र स्थानीयवासीबीचमा सञ्चारजगत्ले मध्यस्थताको भूमिका निर्वाह गर्नेमा अधिकांसले अभिमत जाहेर गरेको बताउँनु भएको थियो ।