शुक्रबार, अशोज ५, २०८०

वाग्मती नदीको दुवै किनारमा उद्यान बन्दै

काठमाडौं श्रावण २९, अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिले तिलगंगादेखि शंखमूल पुलसम्मको वाग्मती नदीको दुवै किनारमा उद्यान बनाउन सुरु गरेको छ। समितिले १०३ रोपनी जग्गामा उद्यान बनाउन सुरु गरेको हो। नदीको सौन्दर्य बढाउन, यसको संरक्षण गर्न र पानीको शुद्धता कायम गर्न दुवै किनारमा पार्क निर्माण गर्न थालिएको विकास समितिका अध्यक्ष नारायण रेग्मीलाइ उदृत गर्दै आवजको कान्तिपर दैनिकले bagmati_20140814083459खवर छापेको छ ।

उहाँका अनुसार नदीको दुवै किनारको खाली जग्गामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले उद्यान निर्माण सुरु गरिसकेकोर त्यसमा समितिले सहजीकरणको भूपिमका निर्वाह गर्दै गरेको जानकारी पनि खवरमा उल्लेख गरिएको छ । विकास समितिका अनुसार ३१ वटा संघसंस्थाले उद्यान निर्माणमा सहभागिताका लागि प्रतिबद्धता जनाएका छन्। तीमध्ये २६ वटाले लिखित निवेदन दर्ता गराएका छन् भने १५ वटासँग सम्झौता भइसकेको छ। सम्झौता गरेकामध्ये १२ वटा संघसंस्थाले निर्माण कार्य सुरु गरिसकेका छन्।

जीवन जिउने कला, नेपाल सोका गाक्काई इन्टरनेसनल, सशस्त्र प्रहरी, नेसनल भोलेन्टियर एसोसिएसन, नेपाल प्रहरी सामुदायिक सेवा, निजामती कर्मचारी श्रीमती संघ, वातावरण विभाग, गैरआवासीय नेपाली संघ, पुडासैनी समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले उद्यान निर्माण सुरु गरिसकेका छन्। नबिल बैंक लिमिटेड बिनामार्ग तीनधारा, कृष्णप्रणामी सेवा समितिले पनि निर्माण कार्य सुरु गरेका छन्। सम्झौता गरेकामध्ये सांग्रिला टुर्स एण्ड होटल ट्रेनिङ सेन्टर र जीवन विज्ञानले भने काम सुरु गरिसकेका छैनन्। कान्तिपुर पब्लिकेसन्स, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०, हिसान, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उद्यान निर्माणका लागि निवेदन दर्ता गराएका छन्। राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, वाग्मती मनोहरा सरोकार समिति, मिर्मिरे युवा समाज, सोल्टी क्राउन प्लाजा र सत्यसाई सेवा क्षेत्रीय समाजले उद्यान निर्माणका लागि निवेदन दर्ता गराएका छन्।

नेपाल सोका गाक्काई इन्टरनेसनलका उपाध्यक्ष सागर थापाले बगैंचाले सहरको सौन्दर्य बढाउने बताए। ुवाग्मती नदीमा मात्र होइन, यसका सहायक नदी किनारमा पनि बगैंचा बनाउनपर्छ,ु उनले भने। सोका गाक्काई इन्टरनेसनलले वाग्मती नदीको पूर्वीकिनार नीलो पुलको दक्षिणतर्फको ८ सय ३२ वर्गमिटर क्षेत्रमा उद्यान निर्माण गरेको छ। वाग्मती सरसफाइ अभियानमा अग्रणी भूमिका खेलेको गायत्री समाजले पनि उद्यान निर्माण गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031