काठमाडौ भाद्र १, पानीपुरी बिक्री गरि सिन्धुली बाढी पहिरो पिडितहरुको सयोगार्थ सगंसगै नामक संस्थाद्दारा राजधानीको बसन्तपुर दरवार
परिसरमा अर्थ तथा लत्ताकपडा संकलन गरिएको छ । संसथाका अध्यक्ष किरण गिरीका अनुसार सहयोग सङकलनका लागि संस्थागतरुपमा आफुहरुले यसकिसिमको अभियान सुरु गरिएको बताउँदै सिन्धुली लगायतका क्षेत्रमा बाढी पहिरोको मारमा परेको नेपालीहरुको लागि अर्थ एवं खाद्यान्न अभाव रहेको जानकारी दिनु भएको छ ।
यसरी पानीपुरी बिक्रिबाट उठेको रकम पिडित व्यक्तिहरुलाइ अवश्यकता अनुरुप उपलब्ध गराइने बताइएको छ ।