शुक्रबार, अशोज ५, २०८०

युनिलिभरद्दारा विपद् व्यवस्थापनका लागि रु १० लाख सहयोग

काठमाडौ श्रावण २७, प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा युनिलिभर नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ । प्रधानमन्त्री सुशील uniliver_20140808कोइरालालाई युनिलिभर नेपालका तर्फबाट प्रबन्ध निर्देशक श्रीकान्त श्रीनिवास माधवनले आज प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिदै प्रम कोइरालाले उक्त चेक तत्कालै नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याललाई हस्तान्तरण गर्नुभएको बताउँन भएको छ ।

सिन्धुपाल्चोकको जुरेलगायत देशका विभिन्न भागमा गएको पहिरो तथा बाढीले धनजनको क्षतिको सहगोगको प्रयोजनार्थ रकम ग्रहण गरेपछि प्रधानमन्त्री कोइरालाले मुलुकका उद्यमी र व्यवसायीले सहृदयी भई विपद्का बेला उदारतापूर्वक सहयोग गर्ने संस्कार रहेको बताउनुभएको थियो । उहाँले राष्ट्रमा प्राकृतिक प्रकोप पर्दा उदारतापूर्वक सघाउने तह तथा तप्कालाई धन्यवादसमेत दिनुभएको प्रेस संयोजक अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा जनार्ईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031