काठमाडौं भाद्र १४, मृगतृष्णा फेसनहाउस तथा चारभन्ज्याङ्ग गुरुङ्ग समाजको आयोजनामा आगामी भाद्र १७ गते राजधानीमा सम्पन्न हुँन
गइरहेको मिस गुरुङ्ग ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड गत शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतियोगिहरुले आ-आफ्नो कला रोचक ढंङगले प्रस्तुत गरेका थिए।
प्रतिभा प्रस्तुतिको प्रारम्भमा सुस्मिता गुरुङ्गको तेक्वान्डो प्रर्दशनी, मिस कास्किको ताज जितीसकेकी रसिला गुरुङ्गको नृत्य, त्यसैगरि श्रद्दा गुरुङ्गको गित, अनि अस्मिता गुरुङ्गको कविता आर्कषणको केन्द्र बनेका थिए।
अन्तिम प्रतिस्पर्धाकालागि सम्पूर्ण तयारी पुरा भैसकेको कार्यक्रम संयोजक तृष्ण गुरुङ्गलाइ उदत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रस्तुत प्रतियोगिताको बिकास घले गुरुङ्ग कोरियोग्राफीमा प्रतियोगीहरुले ब्याक्तित्व बिकाश, नृत्य, अभिनय, आत्मरक्षा लगायत गुरुङ्ग संस्कृति परम्परा को बन्दप्रशिक्षण लिइरहेको समाचारमा उल्लेख गरिएको छ। – sabkokhabar@gmail.com