मङ्लबार, जेष्ठ २३, २०८०

मन्त्रिपरिषद्को बैठक : नौ जना डिआईजी एआईजीमा बढुवा विभिन्न मन्त्रालय र निकायमा रिक्त रहेको सचिवमा पदस्थापना

काठमाडौ श्रावण २९, प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको मन्त्रिपरिषद्को अवेरसम्म चलेको बैठकले लामो समय यतादेखि विवादित बन्दै आएको डिआइजीको बढुवा प्रकरण एवम् विभिन्न मन्त्रालय र निकायमा सचिवको पदस्थापना र सरुवा गरेको छ ।

cabinate-photoआजको बैठकमा विशेषत ९ जना डिआइजीहरु क्रमस राजेन्द्रसिह भण्डारी, सुरेन्द्र शाह, विज्ञानराज शर्मा, देवेन्द्रवावु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, प्रतापसिंह थापा, केदार साउद, गणेश राई र नारायण वस्ताकोटीलाइ एआइजीमा वढुवा गरेको छ भने विभिन्न मन्त्रालयमा र निकायमा रिक्त रहेको सचिवमा क्रमस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामु सचिवमा प्रेमकुमार राई, अर्थ मन्त्रालयका सचिवमा सुमनकुमार शर्मा, उद्योग मन्त्रालयका सचिवमा उत्तम भट्टराई, जल तथा ऊर्जा आयोगको कामु सचिवमा ईश्वरी पौडेल, नेपाल ट्रस्टको कार्यालयका सचिवमा नरबहादुर रजवार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिवको जिम्म मा रञ्जन लाकौललाई दिएको छ ।

त्यस्तै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महिला, बालबलिका तथा समाजकल्याण मन्त्रालयका सचिवमा धनबहादुर तामाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिवमा दीपेन्द्रनाथ शर्मा, राष्ट्रपतिको कार्यालयका सचिवमा अनुप उपाध्याय र राष्ट्रिय योजना आयोग सचिवालयका सचिवमा शारदाप्रसाद त्रिताल , सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवमा सोमलाल सुवेदी, सहकारी तथा गरिबी निवारणका सचिवमा श्रीधर गौतम, सहरी विकास मन्त्रालयका सचिवमा अर्जुनबहादुर कार्की, सार्वजनिक खरिद अनुगमन कार्यालयका कामु सचिवमा टङ्कमणि शर्मा, सूचना तथा सञ्चार मन्त्रालयका कामु सचिवमा सुनिलबहादुर मल्ल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवकोजिम्मेवारी शान्तबहादुर श्रेष्ठलाई दिइएको बताउँनु भएको छ ।   त्यस्तै उहाँले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा अन्नपूर्णा दास, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा दिनेश थपलिया र मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा विजयकुमार मल्लिकलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनु भएको छ ।

 साथै मन्त्रिपरिषद् बैठकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा रामप्रसाद धिताल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिवमा प्रसन्नकुमार कोइराला, स्वास्थ्य मन्त्रालयको १२औँ तहको विशिष्ट श्रेणी सरहको तहमा डा विमल ढकाल, सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्षमा प्रा डा रामवृक्ष साहु र नेपाल खानेपानी संस्थानका अध्यक्षमा परमेश्वर पोखरेललाई नियुक्त गर्ने निर्णय सहित मुलुकभर बाढीपहिरामा परेका जनताको राहत उद्धारका लागि सम्पूर्ण सुरक्षा निकायलाई चौबिसै घन्टा तम्तयार रहनाका लागि निर्देशन गरेको छ । साथै सिन्धुपाल्चोक पहिरोपीडित जनताको राहतका लागि प्रधानमन्त्री दैवी राहत कोषमा सबै मन्त्रीको पन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय गरेको छ ।