आइतवार, जेष्ठ २१, २०८०

भारतीय प्रम मोदीले भने – बुद्धभूमि नेपालबाट सिङगो विश्व समुदायले पाठ सिक्नुपर्छ

काठमाडौ श्रावण ३१, भारतको ६८ औं स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्ने क्रममा भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले आन्तरिक द्वन्द्व सहजै सुल्झाउन सकिने मामिलामा नेपालबाट विश्व समुदायले सिक्न सक्नेु भन्दै नेपालको शान्ति प्रक्रियाको खुलेर सराहना गरेको खवर आजको timthumbकान्तिपुर दैनिकले छापेको छ ।

खवरमा दिल्लीमा रहेका सयभन्दा बढी मुलुकका कूटनीतिक उच्चाधिकारी र विशिष्ट अतिथि सहभागी भएको लालकिल्लामा आयोजित समारोहमाझ प्रधानमन्त्री मोदीले बुद्धभूमि नेपालु को सम्बोधनसँगै आफू हालै नेपाल भ्रमणमा गएको सन्दर्भ उल्लेख गरेका थिए।सिंगो विश्वको ध्यान आकृष्ट गर्नेगरी मैले नेपाल पुगेका बेला बोलेको थिएँ, भारतीय प्रधानमन्त्रीले आफ्नो अलिखित मन्तव्य क्रममा भने,एउटा समय थियो, जुन बेला सम्राट् अशोकले हिंसाको दृश्य देखेर युद्धको बाटो त्याग्दै भगवान् बुद्धको बाटो समातेका थिए। एउटा समय थियो, जुन बेला नेपालमा एउटा युवापुस्ता हिंसाको बाटोमा हिँडिरहेको थियो, आज त्यही युवापुस्ता संविधान आउने दिन पर्खेर बसिरहेको मैले देखेर आएको छु। त्यही पुस्तामा जोडिएका प्रतिनिधिहरू संविधान निर्माणका लागि जुटेका छन्। भन्दै प्रधानमन्त्री मोदीले शस्त्र (युद्ध) बाट शास्त्र (संविधान) निर्माणको बाटोमा हिँडिरहेको नेपालबाट सिंगो विश्व समुदायले पाठ सिक्न सक्ने र हिंसामा लागेको पुस्ताका लागि हिंसा त्याग गर्न प्रेरणा मिल्ने बताएको उल्लेख छ ।

युद्धबाट बुद्ध र शस्त्रबाट शास्त्रमा रूपान्तरित माओवादी राजनीतिक दलको सन्दर्भ उल्लेख गरेका थिए। भगवान् बुद्धको भूमि नेपालले आन्तरिक द्वन्द्वलाई सुल्झाउनमा पाएको सफलतालाई भारतले पनि सिक्न सक्नुपर्छ, मोदीले आफ्नो सम्बोधनमा भने। आफ्नो मन्तव्यमा भगवान् बुद्धको देश भन्दै नेपालले सिंगो विश्व समुदायलाई अहिंसा र शान्तिको सन्देश दिन सक्छ भने भारतले किन नसक्ने भन्दै जिज्ञासा राखेका थिए। उनले भारतमा रहेका नक्सलवादी, माओवादी र आतंकवादी अभियानप्रति संकेत गर्दै हिंसालाई त्यागेर मिलाप र भाइचाराको बाटोमा हिँड्नु आग्रह गरेका थिए। उनले मन्तव्यमा भारतीय समाजमा व्याप्त जातिवाद, क्षेत्रीयवाद, सम्प्रदायवाद तथा सामाजिक र आर्थिक विभेदको अन्त्यका निम्ति पहल सुरु गर्न ढिलाइ भइसकेको बताएका थिए।

प्रधानमन्त्री मोदीको सम्बोधनपछि समारोहमा उपस्थित कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाललाई नेपालको शान्ति प्रक्रियाको सफलता सन्देशप्रतिु विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूले बधाई ज्ञापन गरेका थिए। ुयत्रो विशिष्ट समारोहमा नेपालको प्रतिष्ठा र चिनारी बढाउने गरी भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेकामा बाहिरी विश्वका अरू मुलुकका कूटनीतिक प्रतिनिधिले हाम्रो शान्ति प्रक्रियाप्रति निकै चासो राखेर कुराकानी गरेका थिए, ढकालले भने, प्रधानमन्त्रीको नेपाल९चासो नेपालसँग रहिआएको भारतको निकटस्थ सम्बन्धको आयामबारे थप व्याख्या गर्ने अवसरसमेत बनेको छ। दस दिनअघि काठमाडौं भ्रमणमा गएका बेलासमेत प्रधानमन्त्री मोदीले नेपाली संसदमा सम्बोधन गर्दै भगवान् बुद्धको जन्मस्थल नेपाल रहेको र बुद्धभूमिमा हत्या९हिंसाको बाटो त्यागेर शान्ति प्रक्रियाको बाटोमा आएकामा एमाओवादी पार्टीको सराहना गरेका थिए।

भारतको स्वतन्त्रतापछि जन्मेर पहिलो पटक प्रधानमन्त्री बनेका मोदीले आफूलाई राष्ट्रको प्रधानमन्त्री होइन, प्रधानसेवकु भनेर सम्बोधन गरेका थिए। उनले अरू कर्मचारीले १२ घन्टा काम गरेमा आफूले १३ घन्टा र अरूले १३ घन्टा काम गरेमा आफूले १४ घन्टा काम गर्ने घोषणासमेत गरेका थिए । त्यस्तै प्रम मोदीले आगामी मंसिरमा काठमाडौंमा आयोजना हुन लागेको सार्क शिखर बैठक क्रममा सहभागी हुन फेरि नेपाल जाने मोदीले विश्व सम्पदा संरक्षण क्षेत्रहरू जनकपुर र लुम्बिनी घुम्न जाने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीअघि नेपाल भ्रमणमा गएकी विदेशमन्त्री सुष्मा स्वराजले लुम्बिनीदेखि सारनाथसम्म बौद्ध चक्रपथु निर्माण गर्नेबारे भारत सरकार सकारात्मक रहेको र यसको कार्ययोजना बनिरहेको बताएकी थिइन्।